Logo

Student Corner

शिक्षाकाे महत्त्व

Written by: Prathana Kshetri - 2028025, Grade IV

Posted on: 23 August, 2020

शिक्षा मानिसकाे तेस्राे आँखा हाे । शिक्षाले मानिसलाई व्यावहारिक भएर बाँच्न सिकाउँछ । शिक्षा हामीले नियमित रुपमा विद्यालय वा क्याम्पसमा गएर लिन सक्छाैँ । घर, परिवार, विद्यालय,  र बाटाेघाटाे लगायत जुनसुकै ठाउँमा हामीले सिक्ने माैका पाएका हुन्छाैँ । हरेक ठाउँमा जुनसुकै कुरा सिक्नु शिक्षा नै हाे । त्यसै गरी सुनेर, पढेर, हिडेर र अन्य विभिन्न प्रकारले ग्रहण गरिने व्यावहारिक विषयकाे ज्ञान पनि शिक्षा नै हाे । आजकाे युगमा शिक्षाकाे निकै नै महत्त्व रहेकाे छ । शिक्षा विनाकाे मानिस अन्धाे हुन्छ । शिक्षा हरेक मानिसकाे एक महत्त्वपूर्ण गहना हाे । यसले मानिसलाई सुन्दर र असल बनाउँछ । मानिस जन्मेदेखि मृत्यु नहुञ्जेल शिक्षा आर्जन गर्ने काम गरिरहन्छ । मानिसले शिक्षा आर्जन गरिसकेपछि ज्ञानकाे आँखा खुल्दछ । ज्ञान आर्जन गरिसकेपछि मानिसकाे अज्ञानकाे अन्धकार हराउँदै जान्छ अनि मानिस मुर्ख नभई ज्ञानी हुन्छ । अशिक्षित मानिसले पशुले जस्तै जीवन बिताउनुपर्छ र उसले धेरै दुःख पाउँछ । शिक्षा आर्जन गरेपछि मानिस चलाख र बुद्धिमान हुन्छ । संसारका धेरै मानिस शिक्षाकै कारणले महान बनेका हुन् । शिक्षाकै कारणले अगाडि बढेका डाक्टर, पाइलट, शिक्षक आदि लगायतका मानिसले देशकाे  विकासमा ठूलाे भूमिका खेलेका हुन्छन् । तसर्थ मानिसकाे जीवनमा शिक्षाकाे महत्त्व ठूलाे छ ।