Logo

Student Corner

आमा

Written by: Reshu Rani Singh - 29023, Grade VII

Posted on: 27 July, 2023

नौ महिना राखिन् हामीलाई उनको कोखमा
बिर्सेर सबै दुख: सुख 
दिइन हामीलाई उनको भरिपूर्ण माया
राखी हामी माथि उनको आशा ।

 

बिर्सिन् उनको जीवन
हामीलाई माया दिँदै
बिर्सिन् उनको सपना 
हामीमा आशा राख्दै ।

 

आमाको ममता कहिल्यै हुँदैन बिरानो
सदैव हुन्छ त्यहाँ हाम्रो जीवनको यात्रा
हाम्रा खुसीमा उनी मुस्कुराउँछिन् 
हाम्रा पीडामा उनी रुन्छिन् ।

 

आमाको मन धेरै ठुलो
तर त्यो मनमा एक ठुलो दायित्त्व उनको परिवारका लागि हुन्छ 
आमाको वर्षौको मिहिनेत नफालौँ 
उनको सपनालाई बिपना बनाऔँ ।