Logo

Student Corner

तीज

Written by: Eva Adhikari - 2028013, Grade IV

Posted on: 19 August, 2020

तीज एउटा रमाइलो चाड हो । यो हिन्दु  नारीहरूले मात्र मनाउँछन  । यो पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । यस चाडलाई हरितालिका पनि भनिन्छ ।  तीजमा महिलाहरू नाचगान गरेर रमाइलो गर्छन् । त्यो दिन महिलाहरूले शिव भगवानको पूजा गर्छन् । यो दिन काठमाडाैँ लगायत देशैभरका शिव मन्दिरहरूमा महिलाहरू पूजा गर्न जान्छन् । त्यस दिन महिलाहरूलाई सरकारले बिदा दिएको हुन्छ । तीज तीन दिन मनाइन्छ ।

१. दर खाने दिन 

२.तीजको दिन

३.ऋषि पञ्चमी

 

१. दर खाने दिन 

तीजको अघिल्लो दिनलाई दर खाने दिन भनिन्छ । त्यस दिन महिलाहरूले मिठा मिठा खानेकुराहरू खान्छन,  जस्तैःखिर, पुरी, मिठाई , फलफूल, सेल आदि । 

 तीजको दिन

त्यस दिन तीजको मुख्य दिन हो । यो दिन महिलाहरू बिहान उठेर नुहाउँछन् । महिलाहरूले त्यस दिन रातो र हरियो लुगा लगाउँछन । महिलाहरूले शिव भगवानको पूजा गर्छन् । यस दिन महिलाहरू पानी  पनि नखाई व्रत बस्छन् । उनीहरू आफ्ना दिदीबहिनी र साथीहरूसँग नाचगान गरेर रमाइलो गर्छन् ।

ऋषि पञ्चमी

         ऋषिपञ्चमीका दिन महिलाहरू खोलामा गई नुहाउँछन् र सप्त ऋषिको पूजा गर्छन् । त्यस दिन उनीहरू कर्कलो र भात खान्छन् । 

यसरी तीजमा महिलाहरूले आफ्नो श्रीमान र सन्तानको लामो आयुको कामना गर्दै यो व्रत बस्छन् ।

म  पनि मेरी आमासँग मामाघर गई मिठा मिठा खानेकुरा खाएर, राम्रो लुगा लगाएर,नाचगान गरी यो चाड रमाइलोसँग मनाउँछु ।