Logo

Student Corner

लक्ष्य

Written by: Tanishq Shakya - 28011, Grade VIII

Posted on: 18 July, 2023

सबैको जीवनमा हुन्छ लक्ष्य आ-आफ्नै
फरक फरक मान्छेका फरक व्यक्तित्व झैँ
लक्ष्यले नै दोहोर्याउँछ मान्छेका पाइला
लक्ष्य विहीनले गर्न सक्दैन  केही फाइदा

 

केही गर्ने निधो गरेपछि हुँदैन त्यो असम्भव
उदेश्य हो लक्ष्यको बनाउने सबै सम्भव
लक्ष्यले नै बनाउँछ मान्छेलाई मिहिनेती
यसले नै बनाउँछ हामीलाई लगनशील।।

 

आफ्नो जीवन बिताउँछौ लक्ष्य पूरा गर्न
जीवनलाई अर्थपूर्ण सारहरूले भर्न 
अगाडि बढी सफल हुन पनि चाहिन्छ लक्ष्य
लक्ष्यबिहिन छैन हाम्रो जीवनको केही अर्थ ।।

 

असम्भवलाई सम्भव बनाउने काम हो लक्ष्यको
एकलव्यको महान् धनुर्धर बन्ने लक्ष्य जस्तो
लक्ष्य सहितको जीवनमा हुन्छ सबै सम्भव
सङ्घर्ष गर्‍याैँ भने आउँछ यसको राम्रो फल ।।