Logo

Student Corner

मेराे नेपाली विषयको शिक्षक

Written by: Neliya Pathak - 30066, Grade VI

Posted on: 18 July, 2023

मलाई नेपाली विषय पढाउने शिक्षकको नाम सविता ज्ञवाली हो। गुरुआमा हाम्रो विद्यालयमा नयाँ हुनुहुन्छ। गुरुआमाले राम्रो तरिकाले नेपाली विषय पढाउनुहुन्छ। गुरुआमाले सबै विद्यार्थीलाई माया गर्नुहुन्छ । गुरुआमाले पढाउँदा सबै जनाले ध्यान दिने र ज्ञानी हुने गर्छन्। गुरुआमाले हामीलाई धेरै राम्रा राम्रा कथा भन्नु हुन्छ। गुरुआमा सधैँ हँसिलो देखिनुहुन्छ। गुरुआमाले मिठो स्वरमा हामीलाई नानी बाबुहरू भन्नुहुन्छ । गुरुआमाको विषय नहुँदा हामीलाई धेरै दुःख लाग्छ। गुरुआमाले हामीलाई ज्ञान गुनका कुरा सुनाउनुहुन्छ। गुरुआमालाई धेरै रङहरू मनपर्छ। गुरुआमा धेरै राम्री र अग्ली हुनुहुन्छ। हामीले पढ्यौँ भने गुरुआमा खुसी हुनुहुन्छ ।  विद्यार्थीले खाना खाइरहेको बेला गुरुआमा पनि आएर कुरा गर्नुहुन्छ । गुरुआमाको स्वर  सुरिलो र राम्रो छ। गुरुआमाले पढाउँदा कसैले पनि होहल्ला गर्दैनन् । गुरुआमालाई विद्यालयमा सबै जनाले मन पराउँछन्। मेरी साथीलाई पनि गुरुआमा नै मनपर्छ । सबै जनाले गृहकार्य गरेपछि गुरुआमाले धेरै राम्रो भन्नुहुन्छ । गुरुआमाले हामीलाई विभिन्न खेलहरू खेलाउनुहुन्छ । गुरुआमाले कक्षामा पाठ पढेर सबै भएका घटनाहरू भन्नुहुन्छ । गुरुआमाले कहिले कथा लेख्न दिनुहुन्छ त, कहिले कविता। मलाई धेरै खुसी लाग्छ। गुरुआमाले कहिले काहीँ आफ्नो बारेमा पनि भनुहुन्छ त्यसकारण मलाई गुरुआमापय स्वभाव धेरै राम्राे लाग्छ ।