Logo

Student Corner

गुरु

Written by: Prasiddhi Dangol - 28009, Grade VIII

Posted on: 04 July, 2023

गुरुले नै छर्ने हुन् ज्ञान
गुरुले नै शिक्षाको कोपिला रोप्ने
उनले हटाउने हो अज्ञान
विद्यार्थीलाई असल संस्कारमा  हुर्क्याउने

 

उनी हुन् हाम्रा भगवान
जिन्दगीमा सफल बनाउन
राख्नुपर्छ उनको मान
गरेका छन् उनले धेरै त्याग

 

एउटा माझीले जस्तै पुर्याउछन् सफलतामा
तैपनि उनलाई विद्यार्थीले भुल्ने
शिक्षकको आँखाबाट आसुँ झरेमा
त्यो सम्बन्ध सदैव टुट्ने

 

उनलाई गर्नुपर्छ हामीले सम्मान
आफ्नो पूरा जीवन लागाएका छन् शिक्षा छर्न
त्यसैले हो महत्त्वपूर्ण त्यो ज्ञान
हाम्रा मस्तिष्कमा ज्ञान भर्न।।