Logo

Student Corner

प्रकृतिको वर्षा

Written by: Sayuri Shrestha - 28017, Grade VIII

Posted on: 30 June, 2023

जति खोजे पनि, हेर्दा हेर्दा तिमी मात्र हुन्छौ 
जहाँ हेरे पनि रूपले  माेहित बनाउँछाैँ
पहाड छ हरियाली, तराई समतल
हिमाल पहाड सबैतिर, हिमचुली सुन्दर ।

 

घाम जस्तै टल्किन्छन् कति सुन्दर चमक 
जता हेरौँ त्यतै राम्रो, सुन्दरताकाे छनक 
नदी नाला बग्छन् यहाँ, झरना पनि झर्छन् 
मल जल दिई यहाँ नयाँ उचाइ थप्छन् ।

 

डाँडाहरू जताततै  सुन्दरताले उच्च
सगर छुने प्याराे हिमाल संसारकाे सर्वाेच्च 
कति सुन्दर छ यहाँ वरिपरि हेर्नु 
सुन्दरताकाे आभाषमा सुखकाे सास फेर्नु ।

 

जीवन अडेकाे छ यही सुन्दरतामा
प्राण हाम्राे भरिएकाे यही पूर्णतामा 
प्रकृति नै धन हाम्राे प्रकृति नै मन
प्रकृतिलाई बचाइराखाैँ मिली सबै जन ।