Logo

Student Corner

त्याे नरमाइलाे दिन

Written by: Sangay Sherpa - 30030, Grade VI

Posted on: 30 June, 2023

२०७८ एक दिन बिहान  म र मेरी आमा चिया खाइरहेका थियौँ । आमाले मोबाइल चलाउँदै हुनुहुन्थ्यो । अचानक आमा कराएर  रुन थाल्नुभयो । मैले आमालाई किन रुनुभएकाे भनेर सोधेँ । आमाकाे उत्तरले  मेरो दुनियाँ सकिएजस्तो लाग्यो किनकि हाम्रो प्यारो  हजुरआमा बित्नुभएकाे रहेछ ।  मलाई यस्तो झट्का लाग्यो कि म पूरा बेहोस हुन लागेको थिएँ तर मैले आमालाई सम्झाएँ । त्यसपछि  आमा   रुन छोड्नुभयो । केही समयपछि बुबाले फोन गर्नुभयो । बुबाले हामीलाई गाउँमा आऊ  भन्नुभयो । म र आमा मिलेर झोलामा कपडा हाल्न थाल्यौँ । केही सामान किन्याैँ  र   गाउँतिर जाने बसमा चढ्याैँ ।  मेरो गाउँ ताप्लेजुङ जिल्लामा छ । त्यहाँ जान काठमाडौँबाट २ दिन लाग्थ्यो । मलाई पहिलाे पटक आफ्नो गाउँमा लैजानुभएकाे थियाे । १ दिनको गाडीको यात्रा गरेपछि हामी अमीन भन्ने ठाँउमा पुग्यौँ । त्यहाँबाट हामीलाई आफ्नो घर पुग्न अझै एकदिन लाग्थ्यो ।  हामी त्यहीको गेष्टहाउसमा रात काट्यौँ । बिहान सबेरै ५  बजे उठी  मुख धोएर हामी हाम्रो गाउँतर्फ लाग्यौँ । गाउँमा धेरै जुकाहरू थिए । जुकामात्र होइन  साँप,  भालु  पनि  थिए । गाउँ  निकै टाढा थियो लगभग एक दिन हामीलाई  हिँड्नुपरेको थियोे ।  मैले  मेरो गाउँ  पहिलो  पटक देखेको थिएँ त्यसैले मलाई एकदम रमाइलो लागेको थियो । उकालो चढेर गाउँ पुग्नाले मलाई एकदम थकाइ पनि लाग्यो ।  गाउँको घर आएपछि मैले सबैलाई नमस्ते गरेँ । त्यसपछि थाकेको कारणले गर्दा म छिटै सुतेँ  गाउँमा दाइहरूसँग खेल्दा मलाई रमाइलो भयो  । गाउँमा १देखि ५ कक्षा सम्मको  एउटा विद्यालय थियो । म त्यो विद्यालयमा पनि गएँ । केही दिन ताप्लेजुङ बसेपछि हाम्रो काठमाडौं फर्किने समय आयो । ताप्लेजुङबाट गाडी चढेर हामी काठमाडौं आयौँ । बिच बाटोमा मलाई निक्कै बमिट आयो ।  बाटोमा हाम्रो गाडी अर्को गाडीसँग ठोकियो । त्यहाँ निकै झगडा  भयो । ड्राइभर अङ्कलले हामीसँग माफी माग्नुभयो । कसैलाई  केही त  भएन तर गाडीको डिक्की अलिकति किचिएको थियो । केही छिनपछि गाडी काठमाडौं आयो । यस्तो रह्यो मेरो काठमाडौँ देखि ताप्लेजुङ र ताप्लेजुङदेखि काठमाडौँसम्मको यात्रा ।