Logo

Student Corner

खेलकुदकाे महत्त्व

Written by: Bishop Chalise - 2028011, Grade IV

Posted on: 17 August, 2020

खेलकुद शब्द खेल र कुद मिलेर बनेकाे हुन्छ । खेल्ने र कुद्ने कामलाई खेलकुद भनिन्छ । खेलकुद हाम्राे जीवनकाे महत्त्वपूर्ण अङ्ग हाे । अरू कार्यमा जस्तै खेलकुदमा पनि नियम हुन्छन् । खेलकुद मानिसकाे जीवनलाईआनन्द प्रदान गर्ने एक तत्त्व हाे । खेल्दा हामीलाई धेरैआनन्द प्राप्त हुन्छ। खेलकुदले हाम्राे शरीरलाई बलियाे र स्वस्थ बनाउँछ र हामीलाई मनाेरञ्जन पनि हुन्छ । खेलकुदविना हाम्राे जीवन अधुराे हुन्छ ।  खेल खेलिसकेपछि हाम्राे शरीर फुर्तिलाे हुन्छ र पढाइमा पनि एकाग्र हुन सकिन्छ । खेलकुदले हामीलाई अनुशासित बनाउँछ । खेलकुदमा नेतृत्त्व लिने काम गरेमा हामी समाजमा पनि नेतृत्त्व लिएर काम गर्न सक्छाैँ । मानिसकाे शारीरिक, मानसिक, सामाजिक,आध्यात्मिक विकासमा विशेष भूमिका खेल्ने हुँदा हाम्राे जीवनमा  खेलकुदकाे धेरै महत्त्व रहेकाे छ ।