Logo

Student Corner

सगरमाथा

Written by: Aarohan Timsina - 29057, Grade VII

Posted on: 29 June, 2023

नेपालमा धेरै हिमालहरू छन् । नेपालको शिर नै हिमालले बनेको छ । संसारमा १० सबैभन्दा अग्ला हिमालको सूचिबाट ८ ओटा हिमाल नेपालका हुन् । नेपालमा सगरमाथा, कञ्चनजङ्घा, लोत्से, चो ओयु, अन्नपूर्ण जस्ता अग्ला अग्ला हिमालहरू छन् । नेपालमा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि छ। सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । त्यो हिमाल ८८४८.६८ मि. अग्लो छ । सगरमाथाभन्दा अग्लो कुनै पनि हिमाल छैन ।
सगरमाथा नेपाल र चिन दुवै देशमा पर्दछ नेपालको भागमा अग्लो भएर नेपालबाट त्यहाँ पुग्न सजिलो भएको भएर सगरमाथाले नेपाललाई धेरै फाइदा गरेको छ । सगरमाथाले नेपाललाई आर्थिक अवस्थामा पनि धेरै मदत गरेको छ । नेपालमा सगरमाथा  हिमालको  खोज भएपछि नेपालमा पर्यटन धेरै बढेका छन् । पर्यटनले नेपाललाई आफ्नो आर्थिक अवस्थामा धेरै मदत गरेका छन् । पर्यटन बिना हाम्रो देश नेपाल चलाउन धरै गार्हो हुन्छ । पर्यटनले गर्दा नै नेपालमा धेरै रोजगारी सिर्जना भएको छ । वर्षभरि लाखौँ मानिस नेपालमा सगरमाथाका कारण आउँछन् । नेपाल देश भनेर हाम्रो देश नेपाललाई प्रसिद्ध बनाउँने चिज भनेकै सगरमाथा हो । त्यसैले सगरमाथाले नेपालको लागि धेरै महत्त्व राख्दछ । नेपालको अर्थव्यवस्था पर्यटनमा आधारित छ त्यसैले नेपाल जस्तो गरिब देश पनि राम्रोसँग चल्दै छ । नेपालको करिब ३ प्रतिसत अर्थव्यवस्था सगरमाथाले गर्दा आएको छ । सगरमाथा बिना नेपालको अर्थव्यवस्थामा घातक प्रभाव पर्थ्यो । तर नेपालका मानिसहरूलाई सगरमाथामा धेरै पर्यटन भएर नकारात्मक प्रभाव पनि परेको छ । सगरमाथालाई हेर्न अथवा चढ्न गएका मानिसहरू त्यहाँको वातावारणलाई फोहोर बनाउँछन् त्यसैले मानिस र जनावर दुवैलाई नराम्रो प्रभाव पर्ने गरेको छ र नेपाली जनतालाई त्यो कुरा पटकै मनपर्दैन ।  सगरमाथा नेपालको धन हो । जुनले हाम्रो देशलाई विश्वभरी प्रसिद्ध बनाएकाे छ । यस पर्वतले नेपालीलाई गाैरवान्वित बनाएकाे छ। सगरमाथा नेपालको लागि ठूलो महत्त्व राख्छ । हामी सगरमाथाले गर्दा सजिलोसँग जिउँन सक्छौँ र हाम्रो देश पनि सहज आवस्थामा रहन्छ । आहिले नेपाललाई अर्थव्यवस्था र आफ्नो प्राकृतिक सुन्दरताबिच एउटा कुरा छान्नु परेको छ । 
नेपालमा सगरमाथाको पर्यटन व्यवसायले नेपालको प्राकृतिक सुन्दरतालाई असर गर्दै छ । यो धेरै नराम्रो छ र यसले हाम्रो देशको प्राकृतिक सुन्दरता बिगार्दै छ त्यसैले हामीले अब धेरै फोहोर गर्नुहुँदैन र हाम्रो देशलाई एउटा राम्रो ठाउँ बनाउनुपर्छ ।