Written by: Kabya Oli - 29014, Grade VII
Posted on: 27 June, 2023
“कृषा ए कृषा” बाले बोलाइ रहेका थिए । कृषा मेरी साथी थिई । मेरो एउटा मात्र साथी । उनी मेरो दिदी जस्तै थिइन् । मेरै दिदी हुन् उनी । हुन त हामी दुबै सानै हुँदाखेरि उनका बा आमा संसार छोडेर गएका थिए । मेरा बाबा आमाले कृषालाई हाम्रो घर तथा हामीसँगै बस्ने तयार गरी त्यो दिन पछाडि ५ वर्ष भइसकेको थियो । हुन त बाआमालाई पाउनाहरू पटक्कै मन पर्दैन थियो । सायद कृषाका दुःखले हाम्रो घरमा बस्न दिएका होलान् ।
कृषा र म दुवै दौडिँदै बातिर गयौँ । तिमीहरूले आमालाई देखेका छौ ? ए अनि कृषा मैले तिनलाई नयाँ कपडा ल्याइदिएको छु नि । विद्यालय जान । ”बा मलाई देखाउनु त “ । हुन त मैले आमालाई दिएको थिएँ, तर केही छैन आमा आहालिन् नि ।
तर आमा कहिले आइनन् । साँझ परिसकेको थियो, मलाई नयाँ र साझा कपडा लगाउँदा कृषाले पुरानो कपडा लगाउँदा मेरो चित्त दुखेथ्याे । त्योभन्दा आमाको मायालु आवाजको प्रतीक्षा मात्र गर्न मलाई धेरै गाह्रो भयो । आमा बालाई नभनिकन घर बाहिर जानु हुँदैन थियो । खै आज के भयो ?
आमा आउनुहुन्छ भन्ने आशा हामी कसैले पनि गर्नुहुँदैन थियो । तर हामीले गरेकै कारणले हामी त्यो रात भोकै बस्याैँ । भान्छा कोठा भद्रगोल थियो तर आमा अझै पनि आइनन् । कुनै दिन पछि, बाले कृषालाई अर्को नयाँ कपडा किनिसकेका थिए । हामी सबैले प्रहरीलाई पनि आमाको बारेमा भनिसकेका थियौँ ।
म आमालाई भेटाउँने तथा यो सबै सपना भएको कल्पना गर्थेँ । तर परिस्थिति अनुसार आमालाई भेट्न त सपना मात्र थियो । “कृषा,कृषा” बाले भन्नुभयो यो घटना भएको १-२ हप्ता भइसकेको थियो । म र कृषा गृहकार्य गर्दै थियौँ । बाको अचानक आवाजले हामी दुबै जना तर्सियौँ ।
”होइन के भयो त फेरि” म र कृषाले एकैचोटी भन्यौँ ।
“तिमीहरूको आमा आउनुभयो” आमा ?” उनी आमा होइनन्, तिमीहरूलाई आफ्नै घर लैजाने आमा । “होइन के भन्नुहुन्छ तपाईंले ?” “मलाई माफ गर्देऊ प्रिय तिमीहरूको आमा हुँदा मलाई कति सजिलो हुन्थ्यो, उनी जाँदा मात्र मलाई थाहा भयो उनका काम अत्यन्त महत्त्व रहेछ । उनी गएपछि मैले सबै घर धन्दा गर्नुपरेको थियो ।
मैले महिनै भयो ॠण नतिरेको । तिमीहरूको विद्यालयको फी पनि तिर्न सकेको छैन । मैले एउटा
इमान्दार परिवार भेट्टाएकाे छु , तिमीहरू मसँग भविष्य बिताउँन सक्दैनौँ” ।
यतिकुरा बाको मुखबाट निक्लेपछी हामी दुइजना झसङ्ग भयौँ । ढोकाबाट एउटी सुन्दरी केटी देखापरिन्, उनीदेखिने बित्तिकै कृषा कराइ “उनी रञ्जना हुन् । मैले उनलाई टिभी र पत्रिकामा देखेको थिएँ । उनी नेपालको सबैभन्दा ठुला पत्रकार हुन् ।
मलाई उनी असाध्यै मनपर्छ-”मैले उसलाई के भन्न दिइनँ र उसको कानमा भनी, तिमीले हाम्रो घर उसको लागि छोडदिन्छौ र ?
“नाइ तर-” मैले कृषालाई केही भन्न दिइन” “हामी हाम्रै बाबासँग बस्छाैँ, तपाईंको पैसाले हामी तपाईंको घर जान सक्दैनाैँ, हामीलाई हाम्रै बाबाको प्यारो लाग्छ । रञ्जना आफ्नै पाराले भनिन् “ माफ गर्दिनुहाेस् मलाई तर तिमीहरूको बा असल हुन्, तर उनी ॠणमा छन् मैले तिमीहरूलाई बाचा गर्छु हरेक बासँग भेट्न दिन्छु । मेररू छोरी छैन, तीन महिनाको लागि भएपनि मेरो घर आऊ बिन्ती छ ।” पछि कृषा र म आफ्नो सामान प्याक गरेर रञ्जनाको घर गयौँ ।
रञ्जना असाध्यै दयालु थिई । कृषा र म रञ्जनालाई धेरै मन पराउँथ्यौँ, आमाको न्यास्राे पनि होला तर रञ्जना हामीलाई धेरै माया गर्थिन् । एक हप्ता भएको थियो । बुवालाई भेट्न मात्र जाँदा बुवा आफ्नो घरमा हुँदैनन् थिए । कृषा र म रुँदैरुँदै घर जाँदाखेरि रञ्जना हामीलाई हसाउँथिन् । प्रत्येक हप्ता हामी बाबाको घर जाँदा बा कहिले पनि हुनुहुँदैन थियो ।
रञ्जना कृषा र म उस्तै थियाैँ । रञ्जना हाम्री आमा जस्तै थिइन् । तर अब रञ्जनाको साथमा कृषा र म आमा हुँदा जस्तो खुसी कहिले पनि भएनाैँ । हामीले आमालाई नभेटेको ९ हप्ता भइसकेको थियो । एकदिन रञ्जनाको ढोकामा घण्टी बज्यो । रञ्जनाले ढोका खोलेर भनी
“तपाईं को हो ?” रञ्जना यस्तो नभन, तिम्रो पैसा मैले दिइसकेँ,त्यसको थप १००० पनि दिइसकेँ मेरी दुइटी छोरी देउ” ढोकामा बस्ने मान्छेले भनी।
“माफ गरिदेऊ तर तिमीहरूले ऋण त तिरेको छैन । तिमीले नै भनेकी थियौ तिम्रो छोरीको लागि राम्रो भविष्य दिन मलाई तिम्री छोरी दिएको हैन” “आफ्नै बहिनीलाई आफ्नै छोरी हेर्न त देऊ न” यति भन्दाभन्दै रञ्जनाले ढोका थुनी ।
त्यो घटनाको दुई-तीन हप्तामा रञ्जना हामीसँग खेलिन,गृहकार्यमा सहयोग गरिन । हामीलाई एक्लै घरमा छोड्न थाली । म निराश भएँ । रञ्जनाको रिस सबै म र कृषालाई मात्र पोख्थिइन् । हाम्रा बा आमा भए हामीलाई विद्यालय जाँदा जहिले चुप्पा खानुहुन्थ्यो तर रञ्जना हामीलाई कहिले पनि सुम्सुम्याँउनु भएन ।
शनिबारको दिन थिन्थ्यो,रञ्जना बाहिर जाँदा ढोकाबाट घण्टी बजेको थियो । कृषा र म दुवै ढोकाको प्वालबाट हेर्दै थियाैँ । आमाको लागि ढोका खोलेर हामी दुबैजना आमासँगै गयौँ ।
रञ्जना हामीलाई त्यति माया पनि गर्दिन थिई । आमा र बुबासँग कृषा र म दुवै खुशी भएर उफ्रिन थाल्याैँ । त्यसपछि हामीले आमा र बुवालाई कहिले पनि हेपेनाैँ, । बुबाले आफ्नै देशमा स्वरोजगार गरेर ऋण तिरे । बा आमाको महत्त्व हामीलाई त्यतिबेला मात्र थाहा भयो, उनीहरू टाढा भएपछि । बा आमाले हामीलाई माफी पनि माग्नुभयो, तर हामीलाई बा-आमा मात्र भए पुग्ने थियो । हामी रिसाएका थियौँ तर माफि चाहिँदैन थियो ।