Logo

Student Corner

प्रकृति र नेपाल

Written by: Aarav Yadav - 28025, Grade VIII

Posted on: 22 June, 2023

कलकल बग्ने खोला छन्
मयुर नाच्ने जङ्गल छन्
रातो गुराँस वनभरि
प्रकृतिको छवि छ मनभरि



शिर उचाली बसेको छ हिमाल
आहा! कति राम्रो छ मेरो नेपाल
तराईमा पहेँला धानका बाला झुलेका
वसन्तमा रङ्गीन फूलहरू फुलेका



कतै सुन्दर झरना झरेका
कतै हिमाल छायाँ तालहरूमा परेका
आकाशबाट चन्द्र सूर्य प्रकृति हेर्दछ
प्रकृतिले हामीलाई मोहित गर्दछ ।



चारैतिर  हिमालै हिमाल
आहा! कति राम्राे मेराे नेपाल