Logo

Student Corner

दुध

Written by: Shreeda Risal - 2028035, Grade IV

Posted on: 13 August, 2020

दुध एक पोसिलाे  पिउने पदार्थ  हो । दुधले हाम्रो जिउमा भएकाे हड्डीलाई बलियाे बनाउँछ । हामीलाई गाईले, भैसीले र बाख्राले दुध दिन्छन् । बाख्राको दुध पनि तागतिलो हुन्छ । दुध हामीले बिहान,दिउँसाे र बेलुका पिउन सक्छौँ । हामीले दुध विभिन्न किसिमका अन्नहरूसँग मिसाएर खान्छाैँ ।  हामीले दुध खायाैँ  भने हामी खेल्न, पढ्न, दाैडन तागतको साथ सक्छाैँ ।   दुधबाट हामीले खिर, दही, घिउ, खुवा, पनिर, चिज, छुर्पी, र विभिन्न किसिमका मिठाइहरू बनाउन  सक्छाैँ । दुध सेतो रङकाे हुन्छ ।  शुद्ध दुध मिठो हुन्छ  तर अरू दुध  मिठो हुँदैन  । गाईको  दुध पहेँलो हुन्छ । गाईको  दुधभन्दा भैसीको दुध बाक्लो हुन्छ । दुधमा क्याल्सियम, प्राेटिन आदि लगायतका पाेषक तत्वहरू पाइन्छन् । दुधले हाम्राे शरीरकाे वृद्धि र विकास गराउँछ । त्यसैले हामीले नियमित दुध पिउनुपर्छ ।