Logo

Student Corner

अनुशासन

Written by: Prabal Dawadi - 2028024, Grade IV

Posted on: 12 August, 2020

अनुशासनको अर्थ नियम हो । नियम पालना गर्नु नै अनुशासन हो। अनुशासन सबैलाई चाहिने अत्यन्तै महत्वपूर्ण कुरा हो। अनुशासनले मानिसलाई असल बनाउँछ। घर, विद्यालय, गाउँ, सहर, बाटो जताततै अनुशासनको पालना गर्नुपर्दछ। बुबाआमा र मान्यजनको आदर गर्नु समाजको नियम हो।

     समाजमा अनुशासनको धेरै महत्त्व छ । चाहे घर-परिवार होस या विद्यालय सबै ठाउँमा अनुशासनकाे आवश्यक हुन्छ। आफूभन्दा ठूलालाई आदर गर्ने आमा, बुवा र शिक्षकले भनेको मान्ने उहाँहरुले भनेको सुन्ने, उहाँहरूसँग झगडा नगर्ने जस्ता कुराहरू पनि अनुशासन भित्र पर्दछन्। विद्यालयमा होहल्ला नगर्ने साथीभाईसंग मिलेर बस्ने शिक्षकले पढाएको कुरा ध्यान दिएर सुन्ने, कक्षाकार्य, गृहकार्य समयमा बुझाउनेजस्ता काम पनि अनुशासन भित्र पर्दछन्। हामीले अनुशासन पालना गरेमा हामी असल व्यक्ति बन्न सक्छौ।

     बाटोमा हिड्दा पनि अनुशासनको पालना गर्नुपर्दछ। बाटो काट्दा जेब्रा क्रसबाट काट्ने र बाटो हिड्दा पेटीको प्रयोग गर्ने काम पनि अनुशासन भित्र नै पर्दछ । कर्मचारी, विद्यार्थी,, सैनिक, सरकार सबैले अनुशासनको पालना गर्नुपर्दछ। सबैले अनुशासनकाे पालना गरेमा व्यक्ति, समाज  र राष्ट्र सबैकाे उन्नति हुन्छ  । त्यसैले अनुशासनले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ ।