Logo

Student Corner

हाम्राे देश

Written by: Anushree Acharya - 28002, Grade VIII

Posted on: 18 May, 2023

पवनको सर्र बतास चल्यो खुसी भई
तराईका बाली झुली हेर्छन् माथि माथि
शिर माथि सुन्दर टोपी छाएको छ हाम्रो 
संस्कृति छन् अनेकथरी हाम्रै भेष राम्रो।

बुद्ध भूमि शान्ति भूमि सुन्दर तपो भूमि 
हिमालका सेता छाप भएको यो भूमि
सहिदको रगतले बनेको यो माटो 
बनेको छ रगतले यही सुन्दर बाटो।

हिमालको डाँफे नाच्दा तराईले हाँस्छ
सारङ्गीको धुन सुनी सँग सँगै नाच्छ
कोइलीले गात गाउँदा सारा संसार हेर्छ 
एक जुट भए हामी बाटो सबै फेर्छ।

खुकुरीको धार लिई बाँचेका छौं हामी
गोरखालीको वीरताले बाँचेका छौं हामी 
जीवन छ खुसी हाम्रो सहिदले गर्दा
बाँच्नलाई सहज छ सहिद नै प्यारा।

पूर्वदेखि पश्चिमसम्म लागेका छन् आँखा 
रगतले सिञ्चिएको बाटो घाटो पाखा 
सूर्यजस्तै चमकिने सुन्दर देश हाम्रो 
जीवनको सुखद पल दिने देश हाम्रो।