Logo

Student Corner

मेरो भ्रमण : चितवन र लुम्बिनी

Written by: Sherab Wongbu Sherpa - 30049, Grade VI

Posted on: 16 May, 2023

चितवन र लुम्बिनी नेपालको तराई भागमा पर्छ । यी ठाउँहरू पर्यटकीय क्षेत्र हुन् । म,मेरा आमा र बुबा पौष १५ गते चितवन गयौँ । त्यो दिनभन्दा अगाडि,हामीले झोलाहरू तयार गर्यौँ । चितवन जाने दिनमा हामी ४ बजे उठेर लुगा लगाएर सातु खायौँ । त्यसपछि हामी टेक्सीमा चढ्याैँ । हामी बालाजु चोकसम्म गयौँ | त्यहाँ हामीले चितवन जाने बस आउँदै थियाे त्यसलाई पर्ख्यौँ । बस ढिलो आएका कारणले चितवन पुग्न ८ घण्टा लाग्यो । हामीले होटेल बुक गरेका थियाैँ । थकित भएकाले सुत्यौँ । दुई बजे हामी जिप सफारीमा गयौँ । त्यहाँ धेरै गोही, गैँडा र मृगहरू थिए । त्यसपछि थारु नाच हेर्‍याैँ । भोलिपल्ट नाैका सवार गरेर हात्तीको बच्चालाई देख्यौँ । भाेलिपल्ट बिहान लुम्बिनी जान तयार भएर मिनी बसमा गयौँ । बसको टिकट काट्ने ठाउँमा टिकट काटेर लोकल बसबाट भैरहवासम्म गयाैँ । त्यहाँबाट लोकल बसमा लुम्बिनीसम्म गयाैँ । हामीले होटेल बुक गरेका थियाैँ । मायादेवी मन्दिरमा दर्शन गर्‍यौँ । त्यहाँ शान्ति दीपमा दियाेकाे दर्शन गर्‍यौँ । त्यहाँ ठुलो पोखरी थियो । त्यसपछि होटेलमा खाना खायौँ । हामीले बिहान उठेर खाजा खायौँ र फेरि मायादेवी मन्दिरमा दर्शन गर्न गयौँ। मायादेवी मन्दिरभित्र पस्न जुता फुकाल्नुपर्ने रहेछ । हामीले अरू ठाउँको मन्दिरहरू देख्यौँ । त्यहाँबाट होटेल गएर खाना खायौँ । हामीले खानामा दाल भात खायौँ साथै साग,आलु ,अचार पनि थियो । खाना खाँदा धेरै मान्छेहरू थिएनन् । कोठामा भएकाे टिभी काम गर्दैन थियो । कोठामा म  बुबासँग गफ गरिरहेको थिएँ । त्यसपछि राती ९:४५ मा सुतियाे । भोलिपल्ट सबेरै साढे सात बजे म उठेर बाहिर हेरेँ । बाहिर मौसम खराब थियो । त्यस दिन निकै हुस्सु लागेको थियो, त्यसैले बाहिर केही पनि देखिएन । मैले न्यानो लुगा लगाएँ, त्यसपछि एउटा दाइले चिया खाजा ल्याउनुभयो । हामीले नास्ता खाइसकेपछि हामी कपिलवस्तुतिर लाग्यौँ ।  कपिलवस्तु लुम्बिनीको एक महत्त्वपूर्ण धार्मिकस्थल हो, जहाँ बुद्धले आफ्नो २९ बर्षसम्म बिताउनुभएको थियो । कपिलवस्तु जाँदा मिनी बसमा गयौँ । मिनी बस कालो र सेतो रङको थियो । मैले झ्यालबाट खेतहरू र बगैँचा देखेँ जहाँ तोरीका फूलहरू थिए । हामीलाई कपिलवस्तु पुग्न छ घण्टा लाग्यो र दुई बजेतिर पुग्यौँ । त्यहाँ पुगेर हामीले राजा सुद्धोधनको दरबार हेर्‍यौँ, जुन दरबारमा बुद्धले बाल्यकाल बिताउनुभएको थियो । यसरी कपिलवस्तुको यात्रा सकेर म र मेरो बुबाआमा लुम्बिनी फर्क्यौँ । यसरी मेरो चितवन र लुम्बिनी यात्राको अनुभव एकदमै अमूल्य भयो।