Logo

Student Corner

घाम छाँया

Written by: Melisha Karki - 29016, Grade VI

Posted on: 24 March, 2023

 

घाम छायाको  रैछ एउटै माया
कालो सितल छायाँ उज्यालो र सफा
डाँडापारीमा चम्की राख्ने उज्यालो एउटै  घाम
घामपानीमा मिलेर बस्दछन्
कथा नभएपनि व्यथा हो एकै
कामलाई सधै छायाँले ढाक्छ
मानिसको जीवन कहाँ एउटै लाग्छ
ढाके पनि शीतल शान्ति दिन्छ
नढाके पनि काँडा आएर पोल्छ
उज्यालो नभई बेलुकी हुँदैन
छायाँ र शितलता नभए घाम पनि हुँदैन
पाखापखेरा ढाकेर जब घाम थाक्छ
छायाले आफ्नो बास बसाल्छ
चर्को घामले पोल्दा शितलमा बस्छौँ
त्यही शितलता ले हावा फ्याँक्दा घाममा गएर बास बस्छौं
बिरानो सहरमा घाम र छाया साथी
छैनन् कोहीभन्दा आकाशको माथि
पानी पर्यो कालो बादलले ढाक्छ
घाम लाग्यो कालो छायाले नै ढाक्छ
तारा पनि हाँस्छ समय पनि नाच्छ