Written by: Rushina Tamang - 2025014, Grade VII
Posted on: 03 August, 2020
२0७६/११/१२ गते हामी स्थलगत अध्ययन भ्रमणका लागि प्राकृतिक एतिहासिक सङ्ग्रहालय गएका थियाैँ । साे भ्रमणमा कक्षा ७ र ६ का विद्यार्थीहरू सहभागी भएका थियाैँ । यो प्राकृतिक ऐतिहासिक सङ्ग्रहालय स्वयम्भुमा रहेकाे छ। सङ्ग्रहालयको नजिक स्वयम्भुनाथ पनि रहेछ। सङ्ग्रहालयको वरिपरि रुख रुखहरू रहेछन् । बिचमा एउटा सानो १ तल्ले घर रहेछ । हामी सबैजना त्यही घरको नजिकै गयाैँ । त्यसपछि गुरुआमाले हामीलाई त्यँहा भएका जनावरहरूको बारेमा भन्नुभयो । दुइवटा ओेँला, अथवा दुइवटा मुरव भएका जनावरहरू पनि देखाउनुभयाे । त्यसपछि जनावरहरूको नाम भर्नलाई कापीकाे पाना पनि दिनुभयो । हामीले ती जनावरहरू पहिलो चोटी देखेका थियाैँ । त्यहाँ हामीले थरी थरीका जनावरहरू देख्याैँ र मानिसका बच्चा, हात्तीकाे बच्चा, बाख्राको बच्चा आदिकाे अवलाेकन गर्याैँ । हामीले थरी थरीका चरा र किराहरू पनि देख्याैँ । एक मिनेट जतिमा हामीले देखेका जनावरहरूका नामहरू भर्याैँ । सबै जनावरू असली थिए । कुनै कुनै त राजदरबारबाट ल्याइएका थिए। त्यहाँ पूरै जनावरहरूलाई व्यवस्थित तरिकाले राखिएकाे थियाे । करिब दुई घन्टा त्यस रमणीय स्थल अवलाेकन गरिसकेपछि हामीले खाजा खायाैँ अनि रमाइलाे गर्दै विद्यालयतर्फ फर्कियाैँ । हाम्राे त्यस स्थलगत अध्ययन भ्रमण अति नै ज्ञानवर्धक र रमणीय भयाे ।