Written by: Prasiddhi Dangol - 28009, Grade VII
Posted on: 21 March, 2023
साथ दिएका छन् महत्त्व छ अदभूत
नभएमा हुँदैन थियो जीवन मजबुत
उनकै सहाराले बाँचेका छन् कोही
उनकै कारणले सास फेरेका छन् कोही।
आमा-बुबा जस्तै परिवार हो तिमी
कसैको जीवनका सहारा हाै तिमी
कठिनाइहरूमा तिमी हुन्छौ सँगै
सुखमा पनि छोड्दैनौ साथ सधैँ।
मान्छु म तिम्रो माया र साथ
कहिल्यै बिर्सिदिन तिमी एउटा गाथ
मरेर गए पनि सधै अमर रहने छौ
सबैको मनमा एउटा छाप छोड्ने छौ।