Logo

Student Corner

महिनावारी

Written by: Sukriti Silwal - 27024, Grade VIII

Posted on: 14 March, 2023


 

बुवालाई नहेर भन्नें उनीहरूले मलाई,

बुवाको काखमा हुर्केको त्यो ११ बर्से मलाई, 

किन भन्ने प्रश्न उठाउन खोज्दा,

तलाई छुनु हुदैन” भनेर दबाइदिए  ।। १।। 


 

त्यो घामको किरण पनि नछिर्ने कोठामा,

७ दिन बाधेर राखियो मलाई,

तर किन भनेर सोध्दा,

फेरि “तलाई पाप लाग्छ” भनेर त्यहीँ छोडिदिए मलाई।। २।। 


 

आफ्नै घरको मन्दिरमा गयो भने, 

वा त्यही दिनकै जाने भान्छामा गयो भने, 

कि त आफ्नै बुवालाई छोयो भन्ने, 

हुँदैन भनी हत्कडी लगाइदिए मलाई

के म पापिनी हाे र ?  


 

पाप मैले के गरेको छु र, 

मलाई पापिनी ठान्ने ? 

काम मैले के नै त्यस्ताे नराम्रो गरेको छु र, 

मैले छोको पानी अशुद्ध हुने हाे र ?

कि विष मिसिने हाे । 


 

यो जीवन दिने रक्तलाई फोहोर नभन, 

यही रगतले गर्दा ,

अहिले म छु र तिमी छौ,

केवल त पुरै संसार छ ।


 

मलाई पापी भनेर एक्लै नथुन, 

म अछुत भएकी  हैन,

केवल एउटा जन्म दिन सक्ने  नारी भएकी छु, 

त्यसैले, हामीलाई पापी नभन ।