Logo

Student Corner

थकान

Written by: Aadar Timalsina - 29046, Grade VI

Posted on: 14 March, 2023

 म थाकेँ अब मबिना जाऊ।

मेरो लागि फर्केर कहिल्यै नआऊ।

म जान सक्दिन मलाई भाग्न आउँदैन।

तिमी जति लायक कहिल्यै हुन सक्दिनँ । 

एक जना कम भने अर्को त थपिन्छ।

मेरो लागि कुर्‍याै भने कहिले जान सकिन्न। 

म त धेरै थाके म अघाडि अब बढ्दिन।

गाह्राै  रहेछ हेर यहाँ आउन अब छोडिन्न।

अघाडि बढ्न खोज्दा बाटो कठिन छ र ?

मलाई थाहा थिएन मलाइ लाग्दछ यति डर। 

मेरा आमाबुवाले मलाई ठुलो पार्नु भो ठुलो पढाइ।

अब मलाई जानु पर्ने छ उहाँलाई एक्लेै बनाई ।

चिन्ता नलिनु मेरो आमाबुवा पार्ने छु हजुरलाई गर्व।

नेपालको झन्डा लहराउँदै आउने छु म पनि घर। 

थाकेर बस्नुभन्दा त अब  अघाडि पनि बढ्छु ।

त्योभन्दा अघाडि अब म यो कविता समाप्त गर्छु ।