Logo

Student Corner

प्रकृति

Written by: Prasanna Pokharel - 28020, Grade VII

Posted on: 13 March, 2023

सूर्यको चर्काे घाम छ आकाशमा दिनभरि,

जता हेर्‍याे त्यतै प्रकृति छ वरिपरि।

छन् प्रकृतिका नमुना जता हेरे त्यतै,

खोज्नमात्र बाकी छन् सम्पदा जता हेरे त्यतै।


 

प्रकृतिको विशामल शक्ति कल्पना गर्न सकिदैन,

प्रकृतिको हरेक अवस्थालाई सामना गर्न सकिदैन।

प्रकृतिले जीवन दिन्छ हरेक जीवलाई भगवानभन्दा कम छैन ।

भगवान सर्वशक्तिमान होला तर भगवानको प्रकृतिसँग तुलना छैन । 


 

प्रकृतिले नै ल्याउँछ भूकम्प प्रकृतिले नै ल्याउँछ सुनामी ,

कहिले घाम त कहिले पानी थाहा हुदैन प्रकृतिकाे बानी ।

कहिले चिसो त कहिले गर्मी थाहा हुँदैन प्रकृतिकाे बानी,

सूर्य नउदाई हुँदैन कहिले पनि बिहानी ।