Logo

Student Corner

साथी

Written by: Aliza Sherchan - 29048, Grade VI

Posted on: 10 March, 2023

 

तिमीजस्तो साथी कहाँ पाउन सक्छु र,

जसले हरकदम साथ दिन सक्छ,

जसले निराश हॅंदा खुशी पार्न सक्छ,

जसले हरेक कुरा मसॅंग बाड्न सक्छ,

 

रगतको नाता नभएता पनि माया दिन सक्छ,

रिसाएको बेला फकाउन सक्छ,

हारेको बेला हौसला दिन सक्छ,

साथी शब्द आफैँमा प्रेमिल बन्न सक्छ,

 

साथीले मेरो जीवन प्रेमले भरिदिन सक्छ,

मुहारमा सधैँ मुस्कान दिन सक्छ,

काँधमा काँध मिलाई अघि बढ्न सक्छ,

आवश्यकता परेको बेला सहयोग पुऱ्याउन सक्छ,

 

साथी तिमी जीवनको उपहार बन्न सक्छाै 

रमाइला पलहरू एक-अर्कासॅंग बिताउन सक्छाै,

बिर्सनै नसक्ने सम्झनाहरूसॅंगै बटुल्न सक्छ,

जीवनका सबै पीडाहरू सुनिदिन सक्छ, 

 

साथी तिमी आशाको किरण बन्न सक्छाै,

तिमी मेरो एक्लोपना मेटाउने औषधि बन्न सक्छाै,

साथी तिम्रो मित्रता कहाँबाट किन्न सक्छ,

साथी तिम्रो र मेरो मित्रता सुनभन्दा बहुमुल्य बन्न सक्छ ।