Logo

Student Corner

प्रकृति

Written by: Niskarsh Joshi - 28027, Grade VII

Posted on: 09 March, 2023

कलकल बग्ने खोला छन्
मयुर नाच्ने जङ्गल छन्
रातो गुराँस वनैभरि
प्रकृतिको छवि छ मनभरी ।

शिर उचाली बसेको छ हिमाल
आहा! कति राम्रो छ मेरो नेपाल
तराईमा पहेँला धानका बाला झुलेका
वसन्तमा रङ्गीन फूलहरू फुलेका

कतै सुन्दर झरना झरेका
कतै हिमालछायाँ तालहरूमा परेका
आकासबाट चन्द्र सूर्य प्रकृति हेर्दछ
प्रकृतिले हामीलाई मोहित गर्दछ ।