Logo

Student Corner

रातको समय

Written by: Aakanchhya Khadka - 27001, Grade VIII

Posted on: 08 March, 2023

 

रातिको  समय त्यो बादलले ढाकिएको जुन

ताराले भरिएको त्यो रङ्गीचङ्गी आकाश ।

किरा फटयाङ्ग्राहरुको  क्यार क्यार 

आवाजलाई सधेैँ सुनिरहुँ लाग्ने ।

 

रातकी रानीको त्यो सुमधुर सुगन्ध 

जुन्किरीको त्यो अधेरोले भरिएको ठाउँमा 

उज्यालो छर्ने त चम्किलो बत्तीमा

 सधैँ हराइ रहुँजस्तो लाग्ने गर्छ ।

 

साना साना चम्किला तारा झैँ देखिन्छन् 

सहरका ती रङ्गीचङ्गी बत्तीहरु 

सिरसिर हावा चराचुरुङ्गीको आवाजले

मान्नै आनन्द हुने गर्दछ ।

 

दिनभरिको समयको कठिनाई थकाइ 

मेटाउने समय हो रात  परिवार बिताउने 

समय हो रात सबै बिर्सेर नयाँ 

भोलि लगी पर्खिने समय हो रात।