Written by: Srishad Siwakoti - 27026, Grade VIII
Posted on: 03 March, 2023
म जहिले म हुन खोज्छु
तर कहिले पनि हुन सक्दिन
कहिले को हुन खोज्छु
त कहिले को हुन खोज्छु ।
एउटा निश्चित लक्ष्य छैन
तर केही न केही बन्छु
भन्दै अगाडि हिड्छु
तर भविष्यको कुरा के थाहा
स्कूल जान्छु घर आउछु
खान्छु पढ्छु र सुत्छु
यही छ मेरो दैनिकी
भोलि के हुन्छ कसलार्इ के थाहा
अब त रिसाउँदिन म
राम्रोसँग दिन बिताउछु भन्यो
एकछिन पछि रिस उठिहाल्छ
खाएको कसम टुटिहाल्छ
यस्तै छ जिन्दगानी मेरो
कहिले खुसी त कहिले दुखी
अब भने सुध्रनुपर्छ
नसुध्रेमा दुःखकाे वर्षा हाेला ।