Written by: Sukriti Silwal - 29057, Grade VIII
Posted on: 27 February, 2023
यो अँधेरी रातमा बसी,
झ्यालको माँझ तिम्रो यादमा हाँसी
आफैलाइ भन्छु म,
तिमीभित्र मायाको खोजीमा हिडेकी म
आज तिम्रो साथी नि बन्न सकिनँ ।
वर्षौँ बितिसक्दा पनि,
हामीसँगै भएका छद्महरू गनी
आफैलाइ भन्छु म ,
तिमीसित यो जीवनको यात्रामा सँगै हिड्न खोजेको म
आज तिम्रो साथ नि पाउन सकिनँ ।।२।।
त्यो जुनको प्रकाशमा ,
तिम्रो त्यो हसिलो मुहारलाइ सम्झी
आफैलाइ भन्छु म ,
तिमीसित मायाको नाता जोड्न हिडेको म
आज तिमीलाई साथ नि दिन सकिन ।।३।।
आखाभरि आुसँ बोक्दै,
पुराना यादहरूलाइ सम्झी
आफैलाई भन्छु म ,
तिम्रो अँगालोको न्यानो स्पर्शमा डुब्ने चाहना बोकेर हिडेको म
आज तिम्रो चिहानको छेउमा बसी रुन मात्र सक्छु म ।