Logo

Student Corner

सुन्दरता

Written by: Eshanee Manandhar - 28004, Grade VII

Posted on: 24 February, 2023

सुन्दरता मनबाट आउने कुरा हो 

एक मानिसको मुखबाट होइन 

सुन्दरता मानिसले देखाउनुपर्छ 

पवित्र मन र कर्मबाट ।


 

देशको सुन्दरता मिहनतीबाट देखिन्छ 

सुन्दरता मानिसबिचकाे मेलले देखाउँछ

हाम्रो सुन्दरता बाहिर होइन भित्र हुन्छ

हामी बाहिरबाट जस्तो देखिए पनि मन राम्रो हुनुपर्छ 


 

मानिसहरूले जत्ति वनावट गरे पनि  

हुन्छ मानिस उनीहरूको बानी जस्तै 

जे गर्दा पनि मानिसहरूले बाहिरको सुन्दरता हेर्दछन् 

तर बुझ्ने मानिसले मानिसको भित्रको सुन्दरता हेर्छ 


 

हाम्रो मन कालो हुनु हुँदैन 

सफा र राम्रो हुनुपर्छ 

सुन्दरता मानिसले देखाउनुपर्छ 

तर मुखबाट होइन मनबाट