Logo

Student Corner

विविधतामा एकता

Written by: Amu Shakya - 27021, Grade VIII

Posted on: 17 February, 2023

नेपाल भौगोलिक हिसाबले सानो, सुन्दर र अग्ला अग्ला हिमशिखरहरू भएको देश हो । यही देशमा कैयौँ जात जाति, भेषभूषा, समुदाय र सो समुदायहरूको आ–आफ्नै परम्परा, सस्कृति चाडपर्व छ । ती सबै जातजाति र समुदायको संस्कृति, चाडपर्व आदिमा एक किसिमको विविधता छ । ती सबै एक अर्कामा अन्योन्याश्रित सम्बन्ध राख्दछन् । विविध जातजाति, संस्कृति भेषभूषा आदिले नेपाल समृद्ध एवम् सम्पन्न छ । यसकारण नेपाललाई बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र पनि भनिन्छ ।
नेपाल विश्वमा बहु–धार्मिक राष्ट्र भएकोले विभिन्न जातजातिहरू आ–आफ्नो धार्मिक आचरण, जीवनशैली, भाषा, संस्कृति, परम्परा र भावनाका साथ बस्छन् । नेपालमा धेरै धार्मिक समुहहरू छन् । उनीहरू शान्ति र सद्भावनामा बस्दै आएका छन् । नेपालमा धार्मिक द्वन्दको कुनै रेकर्ड छैन । नेपालकाे राष्ट्र गान “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” ले यही प्रतिनिधित्व गर्छ कि नेपाल चार जात र छत्तिस वर्णको साझा फुलबारी हो । नेपाल बहुभाषिक, बहु–धार्मिक, बहु–सास्कृतिक आदिले सम्पन्न छ । नेपाल आर्थिक हिसाबले गरिब हुँदा पनि नेपालभित्रका विविध समुदाय, जातिविचको एकताले नेपाल ज्यादै धनी छ ।
नेपालमा १२५ वटा विविध जातहरू छन् भने १२३ वटा भाषाहरू यस देशमा बोलिन्छन् । नेपालमा १० भन्दा बढी धर्मलाई पछ्याइन्छ ।  जसमध्ये हिन्दु धर्मावलम्बीहरू ८०.६२%, बौद्ध धर्म मान्ने १०.७४%, मुस्लिम ४.२०%, किरात ३.६०%, क्रिश्चियन ०.४५% र अन्य ०.४% छन् ।
भाषिक पक्षको कुरा गर्नुपर्दा १२३ भाषहरूमध्ये नेपाली भाषा अर्थात देशको राष्ट्रिय भाषा सबैभन्दा बढी बोलिने भाषा हो । यस भाषा ४४्. ६%, ले बाल्दछन्, त्यसैगरी मैथिली ११. ७%, भोजपुरी ६.०%, थारु ५.८%, तामाङ्ग ५.१, नेपालभाषा ३.२%, मगर ३.०१, वज्जिका ३%, डोटेली ३%, उर्दू २.६% नेपालीहरूले बोल्दछन् ।
उपसंहारको रुपमा भन्नुपर्दा नेपालमा विविध जाति समुदाय, संस्कृति, जात, भेषभुषा आदि भए पनि पहिलो कुरा हामी सबै नेपाली हाैँ  र सारा नेपाली मिली देशलाई सम्पन्न एवम् समृद्ध बनाउनुपर्छ । नेपाल भौगोलिक विविधताको कुरामा विशाल भए पनि भौगोलिक हिसाबले सानो नै छ । यसै सन्दर्भमा नेपालभित्र रहेका सबै समुदाय, जात आदिको मिलन भएमा ठूला राज्यहरूले पनि हामीलाई गुलाम बनाउन असफल हुन्छन्  । त्यसकारण सारा नेपालीहरूको मिलन हुन जरुरी छ ।