Logo

Student Corner

पोखराको यात्रा

Written by: Anushree Acharya - 28002, Grade VII

Posted on: 16 February, 2023

जीवन भनेको आफूले जस्तो चाह्यो त्यस्तै बनाउन सकिन्छ। जीवन रमाइलो बनाउन र ज्ञान प्राप्त गर्न भ्रमण गर्नुपर्छ । यस्तै शिक्षा आर्जन गर्न मिल्ने भ्रमणमध्ये हाम्रो पोखराको यात्रा एक थियो।

हाम्रो  भ्रमण २०७५ साल ०९ महिना ०९ गते शनिबार देखि सुरु भएको थियो । पानीको थोपा थपथप गरे सँगै मेरो आँखाको ढकनी बिस्तारै खुले । मैले मेरो हातमा लगाइकाे घडी हेरे । बिहानीको ५:३० भएको थियो । वरिपरि हेर्दा सबै जना बाहिर जान तयार हुँदै हुनुहुन्थ्यो । मेरो अचम्मित अनुहार देखेर आमाले जाडो बिदा सुरु भएर हामी लुम्बिनी जाने भनेर बनाएको योजनाबारे सम्झाउनुभयो । मैले भुसुक्कै बिर्सिएकी थिएँ । मैले हतार हतारमा कपडा लगाएर तयार भएकी थिएँ । गाडी ६:३० मा काठमाडौँबाट लुम्बिनी जाने थियो। हामी बिहानै बसपार्कमा पुग्दा पनि गाडी गैसकेको रहेछ । त्यहाँ गैसकेको भएपछि हामी पोखरातिर नै जाने भनेर निर्णय गर्‍याैँ। हामी पोखरा जाँदा करिब साढे सात बजेको थियो होला। हामीले पोखरा जाँदा सुन्दर सुन्दर रमणीय ठाउँहरूको अवलोकन गर्दै गयौँ । हामीलाई अलि भोक लागेको जस्तो भएपछि हामीले नजिकै एउटा होटेल खोजेर खाना खायौँ। त्यसपछि त्यहाँ भएका नदीहरू  हेरेर फेरि गाडीमा चढेर पोखरातिरै फेरि नै लाग्यौं। हामी पोखरा पुग्दा  करिब करिब साढे चार भएको अनुमान गर्न सकिन्छ हामीले पोखरा पुगेपछि एउटा होटेलको व्यवस्था गर्न खोज्यौं । केही समय खोजेपछि हामीले एउटा सुन्दर र भने जस्तै होटेल पायौं। त्यहाँ हामीले बाहिर एउटा सुन्दर दृश्य देख्न मिल्ने रहेछ । हामीले होटेलमा सामान  थान्को मुन्को लगायौँ र बाहिर निस्क्यौँ । भोकाएको भएर हामीले एउटा होटेलमा गएर खाना खायौँ। बेलुकी हामी होटलमै फर्केर त्यहाँ विश्राम गर्‍याैँं।

दोस्रो दिन हामी पोखराका सुन्दर र धार्मिक स्थलहरूमा जाने भनेर निर्णय गर्‍याैँं । हामी पहिला फेवा तालमा गयौँ । त्यहाँ माछालाई चारो दिनु सँगसँगै हामीले त्यहाँको बिचमा रहेको सुन्दर मन्दिर मन्दिरको पनि अवलोकनमा गर्‍याैँ  यस्तो सुन्दर र सांस्कृतिक धार्मिक स्थल देखेर मन पुलकित भएको थियो । भोक लागेको कारणले हामीले खाना खाने र विश्राम लिने भनेर निर्णय गर्‍याैँं । त्यसपछि हामी पोखराको चमेराे गुफा हेर्न गयौँ । त्यहाँ माथि रहेका चमेरा देखेर मनमा त्रासको भाव आयो । त्यो सँगै हामी महेन्द्र गुफा पनि गयौँ। त्यो दिन हामीले त्यत्तिमा नै सक्यौं।

तेस्रो दिन हामी पोखराको डेभिज फल्स हेर्न गयौं। पानीको कल्कलसँगै म पनि त्यहीँ डुबेको मैले सोचेकी थिएँ । त्यस दिन हामीले पोखराका अरू ठाउँको पनि अवलोकन गर्‍याैँं । हामीले त्यो भ्रमण पाँच दिनको मात्रै राख्ने भनेका थियौँ । त्यसैले हामीले त्यसै दिन प्यारा ग्लाइडिङ पनि गर्ने भनेर निर्णय गर्‍याैँं । म सानै भएको कारणले मैले प्यारा ग्लाइडिङ गर्न पाइनँ। तर आमा र बुबाले गर्नुभयो। आकाशबाट खस्दा साह्रै मजा आउने रहेछ भनेर बुबा र आमाले मलाई भन्नभयो।

चौथौ दिन म बिहान घाम उदाउनु अगाडि नै उठेकी थिएँ । हामीले आफ्नो नित्यकर्म सकेर गाडीमा चड्यौँ । हामीले हिमाल हेर्न गएका थियौँ । सेतो हिमालमा सुनजस्तै टल्किने सूर्यको किरण देखेर मेरो मन आकाशको नौ तले दरबारमा थियो। गाडीमा चढेर हामी होटेलमा फर्कियौँ । त्यस दिन हामीले सेती नदी पनि हेर्न गयौँ । शान्त भएर पनि गर् गर् गर्जने सेतीलाई देखेर आनन्द महसुस भएको थियो। हामी त्यस समय थकित भएका कारण हामीले त्यस दिन विश्राम गर्ने भन्यौँ । अन्त्यमा हामीले सबै सर सामान मिलायौँ।  

पोखरा जस्तो सुन्दर, प्राकृतिक र रमणीय स्थललाई छाडेर जाने दिन आयो। थोरै दिनमै पोखरा र यसको सुन्दरताले मेरो मन चोरी सकेको थियो । त्यसैले मनमा एउटा गहिरो ढुङ्गा राखेर मैले पोखरालाई छोडेर हवाइ जहाजमा काठमाडौंँ फर्किए। यस भ्रमणमा मैले धेरै ज्ञान प्राप्त गरेको छु भने र म ढुक्क भएर भन्न सक्छु ।