Written by: Nishkarsh Joshi - 28027, Grade VII
Posted on: 14 February, 2023
२२ मङ्सिर २०७२
म बिहान ५:०० बजे ब्युँझिएँ । उत्साहले गर्दा म मेरा २ दाजुभाइ आमाबुवा, काका र काकी हामी सबै नैनीताल जाँदै थियौँ हामी सबै उत्साहित थियौँ । मैले ब्रस गरेँ र नुहाएर नैनीताल जान तयार भएँ । हामी कञ्चनपुर सिमानामा गयौँ । पहिले एउटा सानो पुल हुँदै जङ्गल र पहाड हुँदै गयौँ । म नैनीताल घुम्न निकै उत्साहित थिएँ अनि भोक लागेकोले दिउँसो ३:३० बजेतिर खाजा खान रोकिएपछि कोठा बुक गरेर होटलमा गयौँ । राम्रो थियो तर क्याफेटेरिया राम्रो थिएन त्यसैले हामी त्यहाँ खाना खाएनौँ र त्यहाँ डोमिनोजमा गयौँ । हामीले केही बेर पिज्जा र रोम खायौँ । त्यसपछि हामी सुत्याैँ ।
नैनितालमा यो दोस्रो र अन्तिम दिन थियो त्यो दिन हामीले नैनितालमा डुङ्गा चलायौँ र जब हामी घुमिरहेका थियौँ । हामीले ट्याक्सी भेट्टायौँ । जसले हामीलाई सम्पूर्ण ठाउँको भ्रमण गराउँदछ । हामी चिडियाखानामा गयौँ । त्यहाँ यति धेरै जनावरहरू थिए त्यसैले म स्तब्ध भएँ। चिडियाखानामा पछाडिका जनावरहरू देखेर केही समय तिनै जनावरहरूका क्रियाकलाप देखेँ । त्यसपछि हामी माथितिर गयौँ । जहाँ तालको धेरै राम्रो दृश्य थियो । त्यहाँ पहाड हेर्ने ठाउँ थियो त्यसपछि हामी तिब्बती बजार गयौँ र नैनीतालबाट फर्केर कञ्चनपुरमा मामाको घरमा बस्यौँ ।