Logo

Student Corner

त्यो सानो किसान

Written by: Kristina Rai - 27006, Grade VIII

Posted on: 13 February, 2023


 

धान र गहुँ उमारी अन्न

पाल्दछन् जहान

घाम न पानी खट्दछन् उनी 

खेतमा रात दिन  ।


 

जाडो र गर्मी, चिसो र न्यानो

भन्दैनन् किसान 

जन्मिन्छन् उनी माटोमा हुर्की 

त्यो सानो खेतमा ।


 

बिहानी सूर्य झल्किन्छ सँधै

उब्जाउन फल  धान

रोक्दैनन् उनी खन्न र लड्न

हिलो र माटोमा ।


 

राख्दछन् उनी,धर्तीको सान

सिङ्गारी यो बास

गाँस र बास दिएर सब

राख्दछन् साहस  ।