Written by: Suprabh Acharya - 2026022, Grade VI
Posted on: 22 July, 2020
कक्षा ४ र ५ का विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि स्कुलबाट १०:०० बजे निक्लियौँ । हामी कीर्तिपुरको बागवानी केन्द्र भ्रमणका लागि कक्षा शिक्षकसहित निस्किएका थियौँ । हाम्रो स्कुलबाट ११ किलोमिटरको दुरीमा रहेको बागबानी केन्द्रमा हामी बिहानको ११ बजेतिर पुगेका थियौँ । मलाई त्याे ठाउँ नयाँ भएकाले कस्तो होला भन्ने उत्सुकता छाएकाे थियो । साेही कारणले मलगायत मेरा साथीहरू बागवानी केन्द्रकाे अवलाेकन गर्न हतारिएका थियौँ । हाम्रो बसमा धेरै हल्ला भएको थियो । हामीले खानेकुरा पनि लगेका थियौँ । हामीले केही खानेकुरा बसमै खायौँ । त्यहाँ हामीले बिरुवाहरूका नाम पनि पढ्यौँ र आ-आफ्ना कापीमा सार्याैँ ।
त्यहाँ किवी, अङ्गुर, नास्पाती, आरु, अनार, सुन्तला, भोगटे, कागती, लोकेट, हलुवाबेद, अम्बा जस्ता धेरै फलफूलका बिरुवाहरू देख्न पायौँ । त्यहाँबाट काठमाडौंको दृश्य राम्रोसँग देखिँदाे रहेछ । मलाई त्यहाँबाट देखिने दृश्य रमाइलो र राम्रो लाग्यो ।