Written by: Prasanna Pokhrel - 28020, Grade VII
Posted on: 10 February, 2023
आमा तपाईं यस्तो मान्छे
कठिन काम गर्न सिकाउने मान्छे
तपाईं नै आदि समय मलाई डाेर्याउनुहुन्छ
तपाईं नै जीवनको बत्ती तपाईं नै मेरी जीवन
सर्वस्व तपाई तन, मन र धन सम्पूर्ण तपाईँ
ममताको खानी आमा तपाईं
प्रेरणाकी स्रोत आमा तपाईं
कर्मयोगी बन्न सिकाउने आमा तपाईं
आचरण र नैतिकता सिकाउने आमा तपाईं
दुःखमा पहिलो रुने आमा तपाईं
सुखमा पहिलो हास्ने आमा तपाई
त्यो तपाईंको ममतामयी स्नेहीबाट प्रेरित छु म
त्यसैले म धन्य छु आमा