Logo

Student Corner

न्यानो घाम

Written by: Anushka Kalu - 27025, Grade VIII

Posted on: 09 February, 2023

बिहानकाे  न्यानो घाम
प्रगतिकाे सङ्केत छ 
बेलुकीकाे पहेलाे 
बुढसकाल पाे जनाउँछ ।  १

 

हेर्दा कति सुन्दर
हेरूँ  हेरूँ लाग्ने छ 
हेर्दा कति रमाइलो
सबै दुख भाग्ने छ । २

 

घर फर्किंदा देखिने
जहिलेको दृश्य
जहिले हेरिरहने तर
कहिल्यै  नपुग्ने ३

 

न्यानो घाम
बिहानी छ
बिहान जुन झ्यालबाट देखिन्छ 
त्यही घामकाे गतिमा 
सपना सजाउनु छ ।

घामको त्यो किरण
न्यानो बनाउने
जीवन सजाउने 
सजिएकै देखिने
भाग्यरेखा लेखिने ।