Logo

Student Corner

किसान

Written by: Shuvee Lamichhane - 29033, Grade VI

Posted on: 09 February, 2023

बिहान उठी घाम लाग्नु अघि जान्छन् ती खेतमा
ओरालाे झर्छन् नदी नि तर्छन्  माटाेकाे भेटमा ।

त्याे चर्काे घाम हावा र हुरी कसरी सहेका
हातमा हात काँधमा काँध राखी काम उनले गरेका  ।

किसानहरू खेतमा काम गर्छन् झरीलाई सहेर 
नाचगान गर्छन् रमाइलाे गर्छन् राेदीघर गएर ।

सुनका बाला झुलाउँछन् तिनले खेतका गरामा
मिहिनेत गरी फुलाउँछन् खुसी जीवनका पलामा ।

कुलाे खनेर, पानी र मल खेतमा हालेका
महान हुन् तिनी पृथ्वीवासी मानवलाई पालेका ।

बाढी आउँछ, बाली बगाउँछ कसरी आँटेका
पहिराे गयाे घर पनि भत्क्याे तैपनि टिकेका ।

महामानव हुन् ती किसानहरू सुबैका दाता हुन् 
धर्ती र आकाश उज्यालाे पार्ने उनै हुन् हाम्रा जुन ।

नदी नाच्याे, हिमाल हाँस्याे उनैका कामले 
कामले महान बन्दछन् किसान बन्दैनन् नामले ।