Logo

Student Corner

असल विद्यार्थी

Written by: Eshan Rajbhandari - 27027, Grade VIII

Posted on: 07 February, 2023

विद्यार्थी हुँ म, शिक्षा र ज्ञान, हासिल गर्दछु 
खाली छ मेराे दिमाग र हात सिपले भर्दछु । 
किताबलाई मानी, सिँगारी राख भन्छन् सबैले 
सरस्वतीको हुन्छ है बास भन्छन् रे कसैले ।

विद्यार्थी हुँ म, देशको विकास गर्ने छु आफैँले 
नेपालीको म,पहिचान राख्छु गर्वको साथैले । 
देशैमा भित्री  शिक्षा र ज्ञान हासिल गरेर 
विदेशमा गई मिहिनेत गरी, पैसाले भरेर ।

विद्यार्थी हुँ म, सिकेको ज्ञान, प्रयोग गर्नुछ 
प्रयास गर्छु असल मानिस सदैव बन्नु छ । 
जे काम गरे नि मैले इमानकाे साथमा गर्दछु 
खाँदिन हार परिश्रमले नै याे देश भर्दछु  ।

विद्यार्थी हुँ म, अल्छी नमानी समात्छु कलम 
दिनदुखीका ती पाेलेका घाउमा लगाउनु मलम 
मैले नै देशको इज्जत राख्छु, अगाडि बढेर 
देशको विकास  गर्ने छु आविष्कारले भरेर।