Logo

Student Corner

मेरी आमा

Written by: Pratik Poudel - 29022, Grade VI

Posted on: 01 February, 2023

मेरी आमा मेरी प्राणदाता
मलाई जन्म दिइन्
संसार देखाइन् 
मेरी सहारा
मेरा हरेक सपना अनि शिक्षा
मेरी संसार ।

जन्माइन्, हुर्क्याइन्, बढाइन् 
अनि असल मार्गमा हिडाइन् 
उज्ज्वल भविष्यकाे लागि 
असल संस्कारमा हिड्न सिकाइन् ।

मेरी ममतामी खानी
मेरी मायाकी रानी
मेरी भगवान
मेरी सर्वस्व 
मेरी जननी 
मेरी आमा ।