Logo

Student Corner

मेराे विश्वास

Written by: Sumedha Adhikari - 29036, Grade VI

Posted on: 30 January, 2023

म एक सानी ब्राह्मणकी छाेरी ६ कक्षा पढ्छु म 
परिश्रम गर्छु, प्रगति गर्छु अगाडि बढ्छु म ।

गरिब दुखीलाई सहयाेग गरी महान बन्छु म
सबै अग्रजलाई सम्मान गरी संस्कारी बन्छु म ।

धेरै पढेर धेरै लेखेर अगाडि बढ्छु म
सद्भाव बढाई सत्कर्म गरी महान बन्छु म ।

हरेक काममा सफल भई पुरस्कार जित्छु म
कामले हिड्छु संस्कार लिन्छु सिर्जना सिक्छु  म ।

देशकाे विकास गर्नलाई सधैँ कम्मर कस्छु म 
श्रमकाे सम्मान गरेर सधैँ स्वदेशमा बस्छु म ।