Written by: Samyam Pokharel - 2026018, Grade V
Posted on: 17 March, 2020
वातावरण भनेकाे हाम्राे वरपरकाे स्थिति वा अवस्था हाे । याे धेरै अमूल्य चिज हाे । वातावरणलाई सफा राख्नुपर्छ । माैसमअनुसार वातावरणमा परिवर्तन आउँछ । आजकाल मानिसहरू स्वार्थी हुँदै छन्। मानिसहरू आफ्ना लागि वातावरणलाई प्रदूषित बनाउँदै छन्। त्यसैले नदीहरू फाेहाेर हुँदै छन् । अहिले बनेका कारखानाले गर्दा आकाश पनि प्रदूषित भएकाे छ । त्यसैले हावामा धुँवा र धुलाे फैलिएकाे छ । त्यस्ताे धुँवाले गर्दा हाम्राे शरीरलाई धेरै असर गर्छ । त्यसैले हामीले पानीमा दिसापिसाब गर्नुहुँदैन। धुँवाधुलाेबाट बच्न कारखानाबाट टाढा घर बनाउनुपर्छ । जसले हाम्राे ज्यान जाेगाउँछ ।