Written by: Anushka Kalu - 27025, Grade VIII
Posted on: 24 January, 2023
एउटा सानो गाउमा एउटा किसानको परिवार थियाे । परिवारमा चार जना सदस्य थिए । बुवा आमा र उनका दुई ओटा सन्तान । उनका सन्तानहरूमध्ये पच्चिस वर्षको छोरी र अठार वर्षको छोरा थियो।
छोरीको बिहेको उमेर भसकेको थियो । आमाबुबाले छोराछोरीलाई धेरै माया गर्दथे । एक दिन बुबाले भने, “छाेरी तिम्रो कोही केटा छ भने भन हामी कुरा अगाडि बढाउछौँ” । यस कुराले छाेरी केही बेर अलमल परिन् र भनिन्, “हाे आमा हाे बुबा मराे एक जना केटा साथी छ । हामी एक अर्कालाई निकै मन पराउछाैँ ।” छाेरीले अलि अफ्ठ्यारो मान्दै उसको केटा साथीबारे बाताउछे। “हुन्छ यस बारेमा हामी छलफल गर्छाैँ, बुझ्छाैँ र कुरा अगाडि बढाउछाैँ ।” आमाबुबाले छाेरीसँग भने ।
आमाबुबाले केटा पटि्ट कुरा गरी भेट्ने निधो गरे। दुवै पट्टिलाइ केटा केटि दुवै मन परे । केटा भने धेरै धनी थियाे । केटी पट्टि छोरीलाई रानी झै राख्छाैँ भनेपछि खुसी भए। विवाहको लागि साइत निकालियो। विवाह हुने दिन बीस दिन बाँकिथियो । बुबाले आफूसँग भएको दुई लाख विवाहको लागि निकाल्नुभयाे ।
दुवै पट्टि धुम्धामले तयारी हुँदै थियो त्यतिकैमा बेहुलीको बुबालाइ केटा पट्टिबाट कल आयाे ।
"ह्यालो! म दुलहाको बा बोलेको हजुरसँग केही आवश्यक कुरा गर्नुछ। आज होटेलमा भेतुम है।" बुबाले हुन्छ भनी कल काटे।
होटेलमा दुई जनाकाे भेट भयाे । पहिले त सामान्य कुरा भएकाे थियाे । कुरा कुरामा केटाको बुबाले भने "हाम्रो परम्पराअनुसार धेरै अघि देखि केटी पट्टिबाट केही आउने परम्परा चलिआएको छ। हामीलाइ कमी त केही छैन तर हजुरको छोरीको भविश्य पढ्न चाहे पढ्न, नयाँ काम सुरु गर्न चाहे उसैलाई राम्रो हुनाले धेरै त माग्दैनौ तर पाच सात लाख जति दिने हजुर कै छोरीको लागि राम्रो हो" । कटीको बुबा धेरै सोचमा पुगे । अन्त्यमा आफ्नी छोरीको लागि भनेर घर बेच्ने निधो गरे। पछि छोरीले थाहा पाएपछि भनिन्, “मेराे बुवालाई घर न घाटकाे बनाएर मैले विवाह गर्दिन, बरू विवाह नै रद्द हाेस्” त्यसपछि विवाह नै भएन।
केही समय पछि केटा पक्ष केटीको घर गए अनि माफी मागेँ । अनि विवाहको प्रस्ताप राखे। उनीहरूले बुझे दाइजो दिनु र लिनु राम्रो होइन । हुनेले पो दिन्छन् त तर नहुनेले के दिन्छ भन्ने कुरा सबैले बु झे। त्यसपछि उनीहरूले विवाह सुसम्पन्न गरे अनि कहिले दाइजो नलिने बाचा गरे ।