Logo

Student Corner

विदेशयात्रा

Written by: Hardik Sharma Phuyal - 29047, Grade VI

Posted on: 24 January, 2023


छाेडेर गाउँ मेटेर नाउँ विदेश नपस्नु
प्रगति गर्नु, परिश्रम गर्नु, स्वदेशमा बस्नु 
खेत खन पर मिहिनेत गर सुखी छ जीवन 
नजानु पर नछाेड घर जगाऊ त्याे मन ।

किन  जान्छाै  प्याराे याे मुटु तिमीले छाेडेर
विकास गर स्वदेशमा बसी पसिना जाेडेर 
देशकाे धर्ती भरिन्छ खल्ती उब्जाउ गरेसी
नजाऊ पर नछाेड घर बचाऊ धरती ।

उब्जाऊ गर्न चाहिँदैन जमिन खेताला बनाैला
अर्म र पर्म गरेरै पहिले अगाडि बढाैला 
किन मर्दै छाै विदेशकाे लागि देशैमा मर है 
गाई बाख्रा पाल फलफूल लगाऊ देश विकास गर है ।


उद्याेगधन्दा गर है मर्दासम्मकाे उमेरमा
नजाऊ पर नखाऊ हार बस है स्वदेशमा 
अमृत जस्ताे पानी छाेडेर बाेतलकाे नखानु 
बन्नु है मालिक स्वदेशमा बसी विदेश नजानु