Written by: Sulav Maharjan - 25017, Grade X
Posted on: 16 January, 2023
म भाइलाई औधी माया गर्छु
मेरा बुबाआमा पनि गर्नुहुन्छ
जब तिमी समस्यामा हुन्छाै
म सधैँ तिम्राे साथमा हुने छु
कहिले कहिले झगडा गर्छ
कहिले कहिले मिलेर बस्छ
कहिलेकाहीँ ऊ मुस्कुराउँछ
कहिलेकाहीँ भने रिसाउँछ
जब तिमी एक्लो महसुस गर्छाै
म तिमीलाई मनोरञ्जन गर्ने छु
ऊ निकै चकचके पनि छ
अनि, कहिलेकाहीँ रुन्छ
ऊ धेरै हँसिलाे पनि छ
सबैसँग मिलनसार कुरा गर्छ
मेराे भाइ मेराे खुसी पनि हाे
उसलाई म औधी मन पराउँछु