Logo

Student Corner

ला अब के गर्ने ?

Written by: Sayuri Shrestha - 28017, Grade VII

Posted on: 13 January, 2023

सदा  झैँ बिहानै म छिटो उठेर मुख धाेएँ । खाजा खाना भान्छामा गएँ। भाइलाई   पनि आज उठाउन परेन । ऊ पनि भान्छामा खाजा खान आटेको रहेछ। “ओहो आज त तलाई उठाउनै परेन, के भएर छिटाे उठेको नि”
“आज विज्ञान कक्षामा हामी ल्यावमा  गएर काम गर्न रे ” मायाको भाइ सिद्धार्थले भन्यो। “ए हो र” भन्दै माया खाजा खाना थाली, “आज त कति रमाइलो हुन्छ होला ” सिद्धार्थले हाँस्दै भन्यो। “ल ल धेरै नबोली खाऊ, ढिला हुन्छ ” आमाले भनुभयो। माया १०  कक्षामा पढ्छे  र उसको भाइ सिद्धार्थ  ८ कक्षामा पदछ। 
खाजा खाएपछि आमाले मायाको कपाल बाटिदिनुभयो र दुवै दिदीभाइ स्कुल जान थाले । स्कुल गएपछि माया आफ्नो कक्षामा गई  र सिद्धार्थ पनि उसको कक्षामा गएर बस्याे ।  सिद्धार्थकाे विज्ञानको कक्षा खाना खाइसकेपछि थियो। ऊ खाना खाने समय अगाडि पनि धेरै उत्साहित थियो। सिद्धार्थलाई विज्ञान धेरै मन पर्थ्यो, र ल्याबमा काम गर्ने भन्दा ऊ झन खुसी भएको थियो। सिद्धार्थकाे खाना खाने समयमा मायाको नेपाली कक्षा भइरहेको थियो। 
सिद्धार्थले खाना खाइसकेपछि उसको गणितको कक्षा थियो। 
सिद्धार्थलाई  कति खेर कक्षा सकियाेस् र ल्याबमा जान पाइयाेस । जस्तो भैसकेको थियो। सोच्दा सोच्दा कक्षा पनि सकिइसकेको थियो। उसको गणितको कक्षा  सकिएपछि ऊ र उसका साथीहरू लाइन बनाएर ल्याबतिर गए।  त्यतिबेला मायाको खाना खाने समय थियो। मायाले सिद्धार्थ रमाउँदै ल्याबमा गएको देखी। ल्याब उनको कक्षाभन्दा अलि टाढा नै थियो र अर्को ब्लकको सबैभन्दा माथि पट्टि थियो। उसका साथीहरू सबैजना आफ्नो ठाउँमा बसे तर उनीहरूकी शिक्षिकाले आफ्नाे मोबाइल अफिसमा बिर्सिनु भएछ। “सबै जना हल्ला नगरी बसमा आइहाल्नु” मिसले भनुभयो। मिसले उनीहरूले हल्ला गर्लान् र बाहिरसम्म सुनिन्छ होला भनेर ढाेका लगाएर मोबाइल लिनजानुभयो। मिस जानुभएको एकछिन पछि नै सिद्धार्थकाे एउटा साथीले अर्कोलाई “त्यो पेन कसको हो ” भनेर सोध्यो, अर्को साथीले “हैन यो मेरो नै पेन हो ” भनेर दुवैजनामा खोसाखोस भयो। पेनको खोसाखोसमा उनीहरूले एकजनाले अर्को साथीलाई धकलेछ। त्यो साथी लडेर आफू पछाडि भएको केही सामानलाई लडाएछ र । “ला अब के गर्ने मिसले गाली गर्नुहुन्छ छिटो उठिहाल ” एक जनाले भन्यो। उठाउँदा उठाउँदा अचानक पोखेको कुराले पर्दा छोएर पर्दामा आगो लाग्यो।  सबै जना आत्तिन थाले, कराउन पनि थाले तर कसैले पनि सुनेन ।  आगो तलको कोठामा पनि फैलिन थाल्यो। त्यो ब्लकको छेउमा नै खाना खाने ठाउँ थियो। त्यहाँबाट आगो लागेको सबैले देखे, र आगो लाग्यो भन्दै चिच्याउन थाले। मायाले गएर हेर्दा ल्याबमा आगो लागेको रहेछ। मायालाई आफ्नो भाइको धेरै नै चिन्ता लाग्यो। शिक्षकहरूले दमकललाइ फोन गरी सकेका थिए तर पनि मायालाई धेरै डर लागि रहेको थियो। ऊ तल गएर “सिद्धार्थ सिदार्थ “ भन्दै कराई तर काेठाबाट आवाज आइरहेको थिएन। मायालाई झन् चिन्ता लाग्यो। माया भवनभित्र जान्छु भनेर सोचिरहेकी थिई तर त्यति बेला नै दमकल आइसकेको थियो।  हतार हतार उनीहरू कोटाभित्र गए। काेठा भित्र सबै जना संगमरमरको ठुलो टेबल तल बसिरहेका थिए भुइँ पनि सिमेन्टको भएर आगो फैलेको थिएन तर पर्दाहरू र झ्यालकाे रेलिङमा आगाे लागेकाे थियाे ।  काेठाका साना साना कुराहरू पनि जलिसकेका थिए । कोठामा धुवाँ पनि निकै थियो र कोही कोही बेहोस पनि भैसकेका थिए । सबैलाई बाहिर निकालेपछि को ठिक छ छैन भनेर हेरियो। सिद्धार्थ बाहिर निस्किनेबितिकै मायाले गएर सिद्धार्थलाई अँगालो हाली । सिद्धार्थलाई अलि अलि मात्र हातमा चोट लागेको थियो । त्यो दिन माया र सिद्धार्थ दुवैको लागि यादगार रह्याे ।