Logo

Student Corner

Written by: Pricosva Shrestha - 29059, Grade VI

Posted on: 12 January, 2023

म बालिका हुँ  एक असल सन्तान नेपाल आमाकी 
हार खाए पनि गर्छु म काेसिस बन्ने छु सानकी 
ललितपुर जिल्ला पाटन अस्पतालमा जन्मेकी 
आमाबाबा दुवैकाे असल संस्कारमा हुर्केकी ।

सानाेमा छुच्ची हुँदै छु राम्री अहिले पढेकी
सबैकाे माया पाएर हाेला हलक्कै बढेकी
खेल्ने र पढ्ने, लेख्ने र नाच्ने सधैँका मेरा काम
दुख र दुख सबै क्षणमा राख्ने छु मैले ठाम ।

आमाबाबाकी म एक छाेरी छ सानाे भाइ पनि 
सानालाई माया ठुलाकाे आदर संस्कारकी म धनी 
नेवारी भाषा नेवारी भेष मन हाे नेपाली
थाक्दैनन् कहिल्यै यी मेरा आँखा हेरेर हिमाली ।