Written by: Remon Sangat - 25012, Grade X
Posted on: 10 January, 2023
विकास चाहियाे
हामीले वर्षैपिच्छे कर तिरेकै छौँ
नेताहरू भन्छन्,त्यही पैसाले देशको विकास गर्ने
तर, खै त विकास भएको ?
सबैलाई भ्रममा राखेर,
उनीहरू त आफू बस्ने घर पाे बनाइरहेका छन् ।
ती पैसाले आफ्नो देशको विकास गरौँ
ती पैसाले आफू र आफ्नाकाे मात्र हाेइन
एक छाक खान नपाएका,
बस्न नपाएका र लाउन नपाएकालाई बाडाैँ ।
हामीलाई अब देशको विकास गर्ने नेता चाहियो
हामीलाई आफ्नो घरको विकास गर्ने नेता होइन
हामीलाई असल र सफल नेता पनि चाहियाे।
मेयर बालेन जस्ता नेता भए पुग्छ,
देशको पनि विकास गर्दै जाने
र संस्कृतिलाई पनि अघि बढाउँदै लाने
अब जनताकाे पैसा कसरी खाने भन्ने नेता हैन
अब हामीलाई विकास गर्ने नेता चाहिन्छ ।
विकासको कुरामा नेतालाई मात्र दोष नलगाऔँ
जनताहरू एकजुट भएर खबरदारी गराैँ ।