Logo

Student Corner

पाेखरा घुमघाम

Written by: Aaradhya Prasai - 28001, Grade VII

Posted on: 09 January, 2023

बिहान चराचुरुङ्गीको आवाज सुनेर म छिटै उठेँ। त्यसपछि म मुख धुन गएँ। आज म मेरो परिवारसँग आज पोखरा घुम्न जाँदै छु। जानुभन्दा एकदिन पहिला मैले आफ्ना सामान तयार गरेर राखेकी थिएँ। म आजको दिनको धेरै नै प्रतीक्षा गरिरहेकी थिएँ । ४ बजे बिहान हामी ठमेलमा बस चढ्न गयौँ । केही समयपछि हामीले एक ठाउँ खानका लागि रोक्यौं । हामी खाना खाइसकेपछि फेरि बसमा चढेर आफ्नो यात्रा कायम गर्‍याैँ। हामी पोखरा पुगेपछि होटल पुग्यौं र फ्रेस भयौँ । खाना बाहिर नै खाएर हामी सुत्यौं । भोलिपल्ट हामी बिहानै फेवा तालमा डुङ्गा चढेर तालबाराहीमा दर्शन गर्‍याैँ । त्यसपछि भने हामी डेविड्स फल्स र शान्ति स्तूप घुम्न गयौँ । हामी गएको ठाउँमा धेरै नै मनोरञ्जन भएको थियो। नेपालमा पनि यस्तो सुन्दर ठाउँ थियो भनेर मैले कल्पना गरेकी थिइन । पोखराको होटेलको न्यानो बेडमा राति सुत्दा खेरि मलाई मज्जाको निन्द्रा लाग्यो। दिउँसोभरि बाहिर मनोरन्जन गर्दा खेरि रातभरि मस्त निन्द्रा लाग्दो रहेछ। पोखरामा राति बाहिर हिँड्दा खेरि आनन्दको हावा महसुस गर्दा रमाइलो लाग्दो रहेछ । पोखराबाट अन्नपूर्ण र माछापुछ्रे हिमालकाे सुन्दु दृश्य  पनि देखिँदो रहेछ । त्यहाँ हिमालहरूको धेरै तस्वीरहरू पनि खिचेँ । मलाई आमा र बुवाले थुप्रै सामान किनिदिनुभयो। म निकै खुसी थि एँ। मैले धेरै तस्वीर पनि खिचेँ । मलाई धेरै रमाइलो लाग्यो। मलाई सबैभन्दा रमाइलो ठाउँ पोखरा नै लाग्यो किनभने अरू ठाउँभन्दा  पाेखरा भिन्न रहेछ ।