Logo

Student Corner

समाजको दृष्टिकोण

Written by: Kritanjali Odari - 27018, Grade VIII

Posted on: 23 December, 2022

  फरक छ  हेर्ने नजर यहाँ
डराइ डराइ हिड्नु पर्छ राति
एकल महिला  हिँड्नै नहुने
छैन  समाज  राम्रो यहाँ  ।

जे कुरामा नि  सुनाइन्छ
कहाँ गयो किन भन्ने प्रश्नहरू
महिलालाई  हेपिन्छ यहाँ
सम्मान त  परको कुरा ।

साथी भनेर  हिड्न  नहुने
भनिन्छ नाना थरि
कहिले  बदलिएला समाज
र हेर्ने  दृष्टिकोण।।३।।

उत्ताउली भनिन्छ यहाँ
 जीवन जिउन नपाउने जसरी
समाजको डरले गर्दा 
बाँधेर राखिएको छ ।

कहिले मुक्ति हुन्छ भनेर
छटपटी छ  यहाँ
जे कुरा बदल्न  खोज्छौँ 
 समस्या आइपुग्छ  त्यहाँ ।