Logo

Student Corner

पुस्तकालय

Written by: Aakanchhya Khadka - 2026001, Grade V

Posted on: 10 March, 2020

 पुस्तक हाम्राे जीवनकाे आधार हाे । पुस्तक पढ्याैँ भने हामीले अथाह ज्ञानार्जन गर्न सक्छाैँ । पुर्खाले गरेका काम उनीहरूका याेगदान, पुराना सामान आदिका बारेमा थाहा पाउन हामीले पुस्तक पढ्नुपर्छ । सामाजिक, विज्ञान, गणित, नेपाली, अङ्ग्रेजी आदि विषयका बारेमा राम्ररी बुझ्न पनि पुस्तक नै पढ्नुपर्छ । त्यसैले पुस्तक पढ्दा धेरै फाइदा हुन्छ । किताब पढ्ने राम्राे स्राेत भनेकाे पुस्तकालय हाे । पुस्तकालयमा हामीले धेरै विषयका पुस्तकहरू प्राप्त गर्न सक्छाैँ , जस्तैः- जीवनी, लाेककथा, विज्ञानसँग सम्बन्धित कथाहरू साथै सामाजिक कथाहरू, निबन्धहरू, कविताका पुस्तकहरू, इतिहास, भूगाेल आदि ।  पुस्तकालयमा धेरै पुस्तकहरू भएका कारण विधा, विषय र क्षेत्रअनुसार फरक फरक ठाउँमा मिलाएर राखिएकाे हुन्छ । हामीले कुन विषयकाे पुस्तक पढ्ने हाे साेही ठाउँमा पुस्तक खाेज्नुपर्छ । पुस्तक पढेर नै हामी सफल हुन सक्छाैँ । त्यसैले हरेक ठाउँमा पुस्तकालय स्थापना गर्नु जरूरी छ । पुस्तक पढी त्यसबाट जानेका कुरा अरूलाई पनि साेध्ने र जानकारी दिने मान्छेकाे मस्तिष्ककाे पनि विकास हुन्छ । त्यसैले पुस्तकालयमा गएर पुस्तक पढ्ने बानी गर्नुपर्छ । पुस्तकालयमा गएर पुस्तक पढ्दा त्यहाँ धेरै बाेल्ने वा हाेहल्ला गर्ने काम गर्नुहुँदैन । पुस्तकालयमा शान्त वातावरण हुनुपर्छ । शान्त वातावरणमा बसेर पढ्दा छिटाे बुझिन्छ । पुस्तकालयमा पुस्तक पढिसकेपछि राम्ररी मिलाएर राख्नुपर्छ ।