Logo

Student Corner

पृथ्वी

Written by: Manasbhi Niraula - 29015, Grade VI

Posted on: 23 December, 2022

मान्छु म पृथ्वीलाई आमासरि
माया गर्छु म जीवनभरि
अन्य मानिसले माया गरुँन् वा नगरुँन् 
तर म माया गर्छु सधैँभरि ।

बाेकेकी छु दायित्त्व
पृथ्वीलाई सफा राख्ने 
पृथ्वीलाई बचाउने 
हराभरा बनाउने

ताते गर्न अनि हाँस्न 
कर्म गर्न यही पृथ्वीले सिकायाे
सबैलाई जन्म दियाे
सबै प्राणीकाे हाे आश्रयस्थल
तर 
मानिसका कुकर्मले नै पृथ्वी 
भएकाे ध्वंश

हामीले बिगार्न सक्छाैँ 
अनि हामीले सपार्न पनि 
स्वच्छ, सफा र हराभरा पृथ्वीका लागि 
लागाैँ, अनि जागाैँ 
बालाै आशाकाे दियाे 
उज्यालाे बनाऔँ धरती ।